आयोगको पदाधिकारी संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस्ः उपमहासचिव ज्ञवाली

चैत्र ३०, २०८१ शनिबार
आयोगको पदाधिकारी संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस्ः उपमहासचिव ज्ञवाली

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरुलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताउनुभएको छ ।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयोगको पदाधिकारीमा जो आएपनि संक्रमणकालीन न्यायको मर्म बुझेको र टुंग्याउने प्रतिवद्धता भएको व्यक्ति आवश्यक रहेको बताउनु भयो । उहाँले यसअघि गठन भएको आयोगले पनि संक्रमणकालीन न्याय नटुंग्याउँदा जनतामा विश्वास गुमेको भन्दै अब बन्ने आयोग विश्वास आर्जन गर्नसक्ने हुनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images