नेपालमा आइतबारदेखि सुरु हुने आइसिसी पुरुष यु–१९ विश्वकप छनोटमा घरेलु टोलीसहित पाँच राष्ट्रका कप्तानले राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गरेका छन् । काठमाडौंमा आईतवारदेखि नेपालसहित टेस्ट राष्ट्र अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङले यु–१९ विश्वकप छनोट खेल्दैछन् । उक्त छनोटका खेलहरू माथिल्लो मूलपानी क्रिकेट मैदान र तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।