वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु वीरगन्जको छप्पैया चौक आज हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको झडपका कारण बिरगंजको मुख्य बजार क्षेत्रमा कर्फ्यु लगाइएको छ। हनुमान जयन्तीको अवसरमा वीरगन्जको छपकैया–३ मा रहेको श्रीराम हल चोक नजिक शोभायात्रामाथि अज्ञात समूहबाट ढुंगामुढा भए पछि झडप भएको थियो । शोभायात्रा इदगाह चौक नजिक पुग्दा दुई पक्षबीच विवाद सुरु भएको थियो, जुन पछि ढुंगामुढा र आगजनीसहितको झडपमा परिणत भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। यस घटनापछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको मुख्य बजार क्षेत्रमा राति ७ बजेदेखि भोलि बिहान १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।