काठमाडौं, चैत ३१– नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा आईतवार संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै सुखद् शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आईतवार भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई डिएल मेथडअनुसार ५ रनले हराएको हो । यससँगै नेपालले टेस्ट राष्ट्र अफगानिस्तान, युएई, ओमान र हङकङ सम्मिलित यु–१९ विश्वकप एशिया छनोटमा सुुखद् शुरुवात गरेको छ ।