एमाले सचिवालय बैठक शुरु

बैशाख १, २०८२ सोमबार
एमाले सचिवालय बैठक शुरु

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका साथै पार्टीका आन्तरिक र समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै वैशाख ११ गते पार्टीको तर्फबाट गरिने शक्ति प्रदर्शनको बारेमा पनि छलफल हुनेछ । वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । सोही दिनको अवसर पारेर एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो । त्यस विषयमा पनि बैठकमा छलफल हुनेछ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images