राम्रो शुरुवातका बाबजुद एफसी चितवनको लगातार दोस्रो हार व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा प्लेअफ सम्भावना पनि कठिन बनेको छ । काठमाडौं रेजर्सले सोमवार १० खेलाडीमा सीमित एफसी चितवनलाई २–० ले हराएको हो । यससँगै काठमाडौंले प्लेअफ सम्भावना जीवितै राख्दा चितवनको भने संकटमा परेको छ । पछिल्ला दुई सिजनमा नै चितवन प्लेअफमा पुग्ने सकेका थिएन । यद्यपि, यस संस्करण राम्रो शुरुवात गरे पनि लय जारी राख्न नसक्दा चितवन फेरि संकटमा देखिएको छ ।