नेपाल सुपर लिग (एनएसएल) मा मंगलवार पोखरा थन्डर्सले बुटवल लुम्बिनीको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ । लिग चरणको अन्तिम खेल खेल्दै गरेको पोखरालाई बुटवल लुम्बिनीविरुद्ध जित्नैपर्ने दबाब छ । प्लेअफबाट बाहिरिसकेको बुटवल लुम्बिनीसँग पराजित भएमा पोखरा पनि लिग चरणबाटै घर फर्कनेछ ।