नेपाली काँग्रेसका महामन्त्री, गगनकुमार थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको जिकिर गर्नुभयो । उहाँले सरकारी काम कारबाहीमा सुधार, सुशासन प्रवद्र्धन लगायतका विषयहरुमा सरकारले जोड दिँदै काम गर्ने अपेक्षा गरेपनि सरकार ट्याक्टरको गतिमा अघि बढिरहेको बताउनु भयो । महामन्त्री थापाले सरकारले नागरिकको अपेक्षाको गतिअनुसार काम गर्न नसकेको स्वीकार गर्नुभयो ।