सातौं नेकोस जुडो अन्तर्राष्ट्रिय च्याम्पियनसिप तथा पहिलो पारा जुडो च्याम्पियनसिप आगामी बुधवारदेखि हुने भएको छ । नेपाल खेलकुद महासंघ तथा राष्ट्रिय जुडो संघ नेपाल, बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा वैशाख ३ देखि ५ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । खुसिबू नयाँबजारस्थित बहुउद्देश्यीय मार्शल आट्र्स केन्द्रको जुडो हलमा हुने यस प्रतियोगितामा २१ वर्षमुनिका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । आयोजकले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।