वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा टोखाको स्केटर्स नेपाल स्केटपार्कमा दुई दिने प्रतियोगिता हुन लागेको हो । नेपालमा सन् २०७० सालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएदेखि निरन्तर विभिन्न प्रतियोगिताहरु हुँदै आएका छन् ।