अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछः पर्यटनमन्त्री पाण्डे

बैशाख २, २०८२ मंगलबार
अर्थतन्त्र चलायमान बनाउन सरकार गहन रुपमा काम गर्दैछः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताउनुभएको छ ।  मंगलवार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने बताउनु भयो । उहाँले भौतिक रुपमा पनि संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । उहआँले अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गर्नुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images