जिब्रो छेड्ने जात्रा सम्पन्न

बैशाख २, २०८२ मंगलबार
जिब्रो छेड्ने जात्रा सम्पन्न

जिब्रो छेड्ने जात्रा सम्पन्न बिस्का जात्रा अन्तर्गत मङ्गलवार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभयो । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images