अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

बैशाख ४, २०८२ बुधबार
अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन । छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उहाँले संकेत गर्नुभयो । ओमानले आफ्नो मध्यस्थकर्ताको भुमिका भने कायम राख्ने उहाँको भनाइ छ । बगाईले मस्कटले आगामी चरणको लागि नयाँ स्थानको समन्वय गर्ने बताउनु भयो । वार्ताको प्रारम्भिक चरणको आयोजनामा ओमानको भुमिकाको लागि प्रशंसा व्यक्त गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images