प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट

बैशाख ३, २०८२ बुधबार
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट

‘सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ । नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताउनु भयो । उहाँले प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुटको व्यवस्था रहेको बताउनु भयो । शब्दकोषहरुमा समेत २० देखि २५ प्रतिशतसम्म छुट रहेको सुवेदीले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images