नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच “मोबिलिटीमार्फत विकासको सशक्तीकरण” भन्ने नारासहित नाइमाको घोषणा गरिएको हो । अटोमोबाइल्स व्यवसायीको छाता सङ्गठन नाडा टुक्रिएपछि नाइमाको घोषणा गरिएको हो । नाइमाको घोषणा कार्यक्रममा अध्यक्ष ऋतुसिंह वैद्यले अटो मोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा स्थापना गरिएको बताउनु भयो । यस्तै, व्यवसायी सुहृदराज घिमिरेले सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । उहाँले अटो मोबाइल क्षेत्रको साझा आवाजको परिमाण नाइमा स्थापना हुन पुगेको जिकिर गर्नुभयो ।