हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत

बैशाख ३, २०८२ बुधबार
हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत

सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।  मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले शिक्षकका जायज मागहरु सम्बोधन र बजेटसम्बन्धी छलफलका लागि अधिवेशन आह्वान गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार चलचित्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय समेत भएको छ । बैठकले हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको उहाँले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images