श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम शुरु गरेको बताउनुभएको छ । बिहीवार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताउनु भयो । आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल शुरु गरेको बतउनु भयो ।