राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनु भयो । उहाँले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँकाअनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ ।