परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ । बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाउनु भयो । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताउनु भयो ।