गाजामा आधारित नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३९ प्यालेस्टिनीहरू मारिनुका साथै दर्जनौं घाइते भएका छन् । नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार इजरायली आक्रमणले आश्रय पाल, शरणार्थी शिविरको रूपमा पुनः प्रयोग गरिएका विद्यालयहरू र आवासीय घरहरूसहित धेरै स्थानहरूलाई लक्षित गरेको थियो । मृत्यु हुनेहरूमा महिला र बालबालिकाहरू पनि रहेका छन् ।