प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि लाग्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । शुक्रवार चितवनको इच्छा कामना गाउँपालिकाको प्रशासकीय भवनलाई उद्घाटन गर्दै उहाँले ढुक्कका साथ विकास निर्माणको काममा जुट्न आग्रह गर्नुभएको हो । उहाँले आफूहरूले नै देशको विकास र देशलाई सुशासनयुक्त बनाउने दाबी गर्दै नेपाललाई समृद्ध देश र सबै नेपालीलाई खुशी बनाउने बताउनु भयो । उहाँले आफूहरूको गन्तव्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको बताउँदै यसले धेरै कुरा ओगट्ने समेत जिकिर गर्नुभयो ।