इस्तानबुल विमानस्थलमा एकसाथ तीनवटा पूर्ण रूपमा स्वतन्त्र रनवे सञ्चालन भएको छ । जसले यस क्षेत्रमा उड्डयन दक्षतामा उल्लेखनीय वृद्धि गरेको छ । एकैसाथ उडान र अवतरण सक्षम यो प्रणाली बिहीवारबाट सञ्चालनमा ल्याइएको हो । यस प्रणालीको साथ इस्तानबुल विमानस्थल युरोपमा पहिलो र संयुक्त राज्य अमेरिकापछि विश्वको दोस्रो तीनवटा रनवेसँग सञ्चालन हुने देश बनेको छ ।