संघीय कानून नबन्दा प्रदेश सरकार बुख्याँचा जस्तो भयोः मन्त्री लामिछाने

बैशाख ६, २०८२ शनिबार
संघीय कानून नबन्दा प्रदेश सरकार बुख्याँचा जस्तो भयोः मन्त्री लामिछाने

वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भुमिका बिहीन भएको बताउनुभएको छ ।  काठमाडौंमा शनिावर आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारको भुमिका शुन्य देखिएको बताउनुभएको हो । उहाँले संघीय कानूनहरु नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शुन्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images