वर्षाले नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ

बैशाख ६, २०८२ शनिबार
वर्षाले नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ

मुलपानीमा वर्षा हँुदा नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ । शनिवार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षा हुँदा र मैदान ओसिलो हुँदा खेल अझै शुरु हुन सकेको छैन । आइसिसी यु १९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ । प्रतिष्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ । समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्ता नेपाल भन्दा नेट रन रेटका आधारमा माथि छ । आजको खेल जित्ने टोलीले सन् २०२५ म हुने आइसिसी यु १९ विश्वकपमा स्थन पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङ छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images