नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे

बैशाख ६, २०८२ शनिबार
नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ । शनिवारबाट शुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा आयउोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको परिचय, नेपालीको परिचय, नेपाली खानपानको परिचय, परिकारको परिचयका माध्यमबाट नेपालको राष्ट्रियताको परिचयलाई व्यापक बनाउने र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बतउनु भयो । यो पेशा र व्यवसायलाई होटल र कृषिसँग जोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले अर्गानिक बाली र उत्पादनसँग जोड्नसके नेपाली परिकारहरुको महत्व अझै बढ्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images