१० खेलाडीमा सीमित ललितपुर सिटीले शनिवार धनगढी एफसीलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा फाइनलमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन ललितपुरले धनगढीमाथि २–१ जित निकाल्दै लगातार दोस्रोपल्ट फाइनलमा स्थान बनाएको हो । ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र पापा केबेले गोल गरे । धनगढीका जर्जप्रिन्स कार्कीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि सफल भएन ।