विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । करिव १५ दिनदेखि शिक्षकहरु काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन् । शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निस्कर्ष शिक्षकहरुले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिनुभयो ।