निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरु र भिडियो)

बैशाख ७, २०८२ आइतबार
निषेधित क्षेत्रमा राप्रपाको प्रदर्शन (तस्बिरहरु र भिडियो)

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।  आईतवार मध्यान्स राप्रपाका नेता÷कार्यकर्ताहरुले माईतीघरमा भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो दशे, प्राण भन्दा प्यारो छ, लगायत सरकारबिरोधी नाराहरु लगाएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images