नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छः उपप्रधानमन्त्री सिंह

बैशाख ७, २०८२ आइतबार
नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुन्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताउनुभएको छ ।  आईतवार काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताउनु भयो । उहाँले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गर्नुभयो । उहाँले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images