श्री रामानन्दीय श्री वैष्णव संघ, जनकपुरधामले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिन माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको छ । आईतवार जानकी मन्दिर जनकपुरधामका महन्त रामरोशन दास वैष्णवसहितको टोलीले जानकी जन्मोत्सवलाई राष्ट्रिय पर्व घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । महन्त वेष्णवले विश्व सम्पदाको सूचीमा रहेको जनकपुरधाममा सीताको जन्मोत्सव मनाइने भएकाले विश्व स्तरमा अलग पहिचान भएको बताउनु भयो । उहाँले विश्व समुदायमा नेपालको पहिचान गराउने पर्व सीताको जन्मोत्सव भएको बताउनु भयो । विश्वका सनातनीले मनाउने पर्व भएकाले सीता जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।