पोखरा थन्डर्स आइतबार इलिमिनेटरमा उत्कृष्ट जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनमाथि ३–० को जित निकाल्दै पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो । पोखराको जितमा जोइ आइडुले दुई गोल गरे । एक गोल भने आत्मघातीको रूपमा पोखराले पायो । धनगढी शनिवार पहिलो क्वालिफायरमा ललितपुर सिटीसँग २–१ ले हार व्यहोरेको थियो । पोखराले इलिमिनेटरमा चितवनलाई हराउँदै लिगको पहिलो खेलमा नै व्यहोरेको हारको बदलासमेत लियो । लिगमा पोखरा चितवनसँग २–० ले पराजित भएको थियो ।