इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले युद्धको अन्त्य र गाजाबाट इजरायली सैन्य फिर्ताको माग गर्दै गाजामा आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने प्रश्तावलाई अस्वीकार गरेको बताउनुभएको छ । यदि आफूहरुले अहिले हमासको आदेशमा आत्मसमर्पण गगर्ने हो भने युद्धका सबै ठूला उपलब्धिहरू गुम्ने खतरा रहेको बताउनु भयो । इजरायली प्रधानमन्त्रीले इजरायललाई हमासले सबै वन्धकहरूलाई मुक्त गर्न धोका दिनसक्ने बताउनु भयो । त्यसपछि युद्ध पुनः शुरु हुने उहाँको भनाइ छ ।