हामीले चालु आर्थिक वर्षको बजेटमो पर्यटन बजारका गन्तव्यहरुलाई प्रवद्र्धन गर्ने विषयहरुलाई प्राथमिकतामा राखेको थियौं । दिगो र पर्यावरणमैत्री पर्यटनको विकास गर्ने विषयहरु पनि थिए । नेपालमा रहेका सम्पदाहरुको संरक्षण गर्ने, अभिलेखालयलाई व्यवस्थित गर्ने र विशेषतः नेपालमा पर्यटकको संख्या बढाउने र पर्यटकको बसाई बढाउने लगायतका विषयलाई समेत प्राथमिकतामा राखेका थियौं ।