प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गर्नुभएको छ । सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले शिक्षकका प्रतिनिधिहरुलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो ।