तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी

बैशाख ८, २०८२ सोमबार
तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान कार्ययोजना सबैको साझा बन्छः वनमन्त्री ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०) को कार्य योजनालाई सबैको साझा बनाउने गरी तयारी गरिरहेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसद्वारा सोमवार काठमाडौंमा आयोजित जलवायु परिवर्तन, न्यायोचित रूपान्तरण, एनडीसी ३.० सम्बन्धी नीति संवादमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै जाने विषयमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने महत्वपूर्ण लक्ष्य रहेको बताउँदै त्यसबाट हुनेसक्ने असरप्रति सरकार संवेदनशील भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images