सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास

बैशाख ८, २०८२ सोमबार
सडक छाड्ने मुडमा छैनन् शिक्षक, प्रधानमन्त्री ओलीको आश्वासनप्रति अविश्वास

देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडक नछोडेको १९ दिन पुगिसकेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौंको सडकबाट १९ दिनदेखि सरकारको ध्यानाकर्षण गराए पनि शिक्षकका माग सम्बोधन गर्न सरकारले चासो देखाएको छैन ।  प्रधानमन्त्री केपी ओली शर्मा नै सरकारको मागप्रति संवेदनशील नहुँदा शिक्षकहरू सरकारको आश्वासनमा विश्वस्त हुन सकेका छैन । सरकारले संसदको आगामी अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाए पनि उनीहरूले सडक केन्द्रित आफूहरूको आन्दोलनलाई तत्कालै रोक्ने पक्षमा छैनन् । विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएपछि बिच्किएका शिक्षकहरू विद्यालय शिक्षा ऐनलाई जारी गरेर मात्रै फर्किने अडानमा छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images