पानीजहाज तथा जलपरिवहनसम्बन्धी ऐन निर्माणका विषयमा सत्तापक्षका सांसदहरुले अल्मल्याउन खोजेको आरोप प्रतिपक्षी सांसदहरुले लगाएका छन् । प्रतिनिधि सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा प्रतिपक्षी सांसदहरुले यस्तो आरोप लगाएका हुन् । विपक्षी दलका सांसदहरुले ऐन निर्माणमा समय लिएर छलफल गर्नुपर्ने बताएका छन् भने सत्तापक्षका सांसदहहरुले ऐन पास भएपनि आवश्यक विषय संशोधन गरेर थपघट गर्न सकिने बताएका छन् । बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले समितिमा छलफल गरेर पनि पास गर्न नसकिएको प्रावधानहरु नियमावलीमा राख्नुपर्ने बताउनु भयो । जलपरिवहन सञ्चालन सम्बन्धी प्रावधानहरु अध्ययन र छलफल गरेर राम्रो बनाउनुपर्ने उहाँको भनाइ छ ।