उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार व्यवसायी फस्टाउने गरी सहुलियत दिने नीति निर्माण गर्ने तयारीमा लागेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुँजी बजारलाई गतिशिल बनाउन नीतिमा भएका समस्या समाधान गर्न सरकार लागेको बताउनु भयो । उहाँले निजी क्षेत्रले स्वदेशी कृषि उत्पादनलाई वृद्धि गरी निर्यात गर्ने अवसर आएको बताउनु भयो ।