ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आउनुभएको छ । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उहाँ मंगलवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । मंगलवार बिहान एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । कार्लोसले नेपाल आउँदा खुशी लागेको बताउनु भयो । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो । कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सक्नुभएको थिएन । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।