यमनको राजधानी सानामा अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । कम्तिमा ३० जना घाइते भएको हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । हुथीहरूद्वारा सञ्चालित अल–मसिराह टिभीकाअनुसार सानाको सबैभन्दा व्यस्त बजारहरू मध्ये एक, शुउब छिमेकको फरवाह बजारलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो ।