भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा शैक्षिक सामाग्री प्रदान

बैशाख ९, २०८२ मंगलबार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा शैक्षिक सामाग्री प्रदान

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको मन्त्रालयका उपसचिव प्रकाश आचार्यले बताउनु भयो । उहाँका अनुसार झापा, तेह्रथुम, धादिङ र ताप्लेजुङका १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उहाँले १५ वटा स्कुल तथा शैक्षिक संस्थाहरुलाई चालु आर्थिक वर्षमा १० वटा डिजिटल बोर्ड, १४ वटा कम्प्युटर, २ वटा प्रिन्टर र ४ वटा सिसिटिभी क्यामेरा वितरण गरिएको जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images