प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौति दिनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताउनु भयो । उहाँले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरु भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताउनु भयो । मिसन ०८४ मा एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ हेर्न चुनौति दिनुभयो ।