शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले म माथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली

बैशाख ९, २०८२ मंगलबार
शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले म माथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिनुभएको थियो । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित हुनुभएको हो । उहाँले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूहबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गर्नुभयो । सबै सञ्चारमाध्यहरुले आफ्नो बिरुद्धमा प्रश्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उहाँको आरोप छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images