पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित

बैशाख ९, २०८२ मंगलबार
पर्वतारोही निमा रिन्जी शेर्पा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनित

संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत दुई पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको छ ।  यूएनडीपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा पर्वतारोही द्वय शेर्पा र श्रेष्ठलाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको हो । यस सहकार्यले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने युएनडिपीको विश्वास रहेको छ । यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायहरूमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको युएनडिपीको भनाइ छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images