एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद

बैशाख ९, २०८२ मंगलबार
एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद

नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ । महासंघले मंगलवार काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला तयारीबारे पत्रकार सम्मेलन गर्दै उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको हो । महासंघका उपाध्यक्ष हेमराज ढकालले उच्चस्तरिय सुशासन आयोग गठन हुनु खुशीको कुरा भएको बताउँदै महासंघले लामो समयदेखि उच्चस्तरिय सुशासन आयोग गठनको माग गरेको बताउनु भयो । सरकारले व्यवसायीको मागलाई ध्यानमा राख्दै आयोग गठन हुनु र निजी क्षेत्रको प्रतिनिधि पनि आयोगमा रहने व्यवस्थाले सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो । सरकारले पछिल्लो समय निजी क्षेत्रको मनोबल उकास्न हदैसम्म काम गरेको पनि बताउनु भयो । निजी क्षेत्रले माग गर्दै आएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेर वातावरण बनाएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images