नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताउनुभएको छ । नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो । आफ्नो परिवारका सदस्यहरु गुमाउँदै आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको गुनासो छ । उहाँले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै कम्युनिष्ट एकजुट भएर जनतालाई साथ दिन अह्वान गर्ने बेला आएको समेत बताउनु भयो ।