पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताउनुभएको छ । मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २००७, २०४६, ०६२–०६३ को बलिदानलाई स्मरण गरेर लोकतान्त्रिक गणतन्त्र र समावशी संघीयतालाई बचाएर लैजानुपर्ने बताउनु भयो । उहाँले गणतन्त्रका १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवामा पास भएको र ती मानिस मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको वर्ग रहेको उल्लेख गर्नुभयो ।