प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ । बुधवार प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गर्नुभएको हो । नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आउनुभएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेल्नुभएको थियो ।