जेभियर इन्टरनेशनल स्कुलले ब्राजिलियन लेजेण्ड फुटबलर रोबर्टो कार्लोसलाई स्वागत गरेको छ । बुधवार काठमाडौंको कालोपुलस्थित स्कुलमा कार्लोसलाई स्वागत गरिएको हो । कार्लोसलाई विद्यालयका सञ्चालक लोकेन्द्रबहादुर भण्डारीले कार्लोसलाई खादासहित विद्यालयमा स्वागत गर्नुभयो । विद्यालयमा विद्यार्थीले कार्लोस पुगेपछि स्वागत गर्दै कार्लोसलाई आफ्नो हस्ताक्षर गर्न लगाएका थिए । नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आउनुभएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोसले आज नेपाल सुपर लिगको खेल हेर्न कार्यक्रम रहेको छ ।