उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र युएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधवार काठमाडौंको एक होटलमा दुई नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा व्यापार, श्रम र श्रमीकका साथै आर्थिक सम्बन्ध र जलवायु परिवर्तनका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्रीसँगै नेपालको तर्फबाट श्रम। रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल र उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ताका क्रममा युएईमा रहेका नेपाली श्रमीक र श्रमबजारको बारेमा विशेष छलफल भएको छ । नाह्यान दुई दिने नेपाल भ्रमणका क्रममा मंगलवार नेपाल आउनुभएको थियो ।